चालक अनुमतिपत्र लिन चाहिने न्यूनतम उमेर बढाउने सरकारको तयारी
फागुन २२, २०८१ बिहिबार
धनुषा – प्रदेश २ सरकारले सोनाम ल्होसारको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ । सरकारले सोनाम ल्होसार मनाउन मंगलबार प्रदेश २ मा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्रालयले जनाएको छ ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव पुरुषोत्तम खतिवडाले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश २ सरकारले ल्होसार पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।
यस अघि गएको शनिबार पर्सामा एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले सोनाम ल्होसारमा बिदा दिने घोषणा गर्नुभएको थियो । संघीय सरकारले सोनाम ल्होसारको बिदा कटौती गरे पनि प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
यसअघि सोनाम ल्होसारका अवसरमा मंगलबार प्रदेश ३ को सरकारले पनि सार्वजनिक बिदा दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।