शेयर बजार आज पनि घट्याे, १० अर्ब १० कराेड रुपैयाँकाे काराेबार
फागुन २२, २०८१ बिहिबार
पर्सा – पथलैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले एक अर्ब रुपैयाँ लगानी बढाएर ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ ।
कम्पनीले ‘भाइल’ तथा ‘ड्रप’ हरू उत्पादन गर्न आवश्यक उपकरण जडान एवम् परीक्षण गरिहेको तथा आउँदो वैशाखदेखि पूर्ण क्षमतामा काम गरी नयाँ औषधि बनाइने फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताउनुभयो ।
उद्योगमा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’ बाट औषधिका भाइल र एम्पुलको उत्पादनका साथसाथै आँखा, नाक र कानमा प्रयोग हुने ड्रप पनि बनाउने उहाँले बताउनुभयो ।
उहाँका अनुसार कम्पनीले एक सयभन्दा धेरै औषधि उत्पादन गर्न सक्ने प्लान्ट स्थापना गरे पनि अहिलेसम्म २० प्रकारका औषधि मात्र उत्पादनको अनुमति रहेको छ । यसैबीच कम्पनीमा तीन सय ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
गएको आर्थिक वर्षमा एक अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरको कारोबार गरेको कम्पनीले चालू आर्थिक वर्षमा एक अर्ब ४० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।