कोपा डेल रे : रियल मड्रिङ र बार्सिलोनाको बराबरी, फाइनल पुग्ने दुवैको ढोका खुल्ला

 माघ २४, २०७५ बिहिबार ६:१९:० | एजेन्सी
unn.prixa.net

स्पेनी फुटबल प्रतियोगिता कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र रियल मिड्रडले एक–एक गोलको बराबरी खेलेका छन् ।

क्याम्प नोउमा ९२ हजार दर्शकमाझ भएको खेलमा रियलले एक गोलको अग्रता जोगाउन सकेन । 

स्टार खेलाडी लियोनल मेस्सीलाई पूर्ण रुपमा फिट नहुँदा पनि दोस्रो हाफमा मैदानमा छिराएको बार्सिलोनाविरुद्ध खेलको छैटौं मिनेटमा नै लुकास भाज्क्वेजले गोल गर्दै अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलविरुद्ध घरेलु टिम बार्सिलोनाले ५७ औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । उसका लागि माल्कोमले गोल गरे । 

६३औं मिनेटमा मेस्सी मैदानमा प्रवेश गरेपछि बार्सिलोनाले रियल वरुद्ध केही दबाब बनाए पनि गोल गर्न सकेन । यो बराबरीले दुवै टिमलाई फाइनलमा पुग्न ढोका खुल्ला नै रहेको छ । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया