बिग ब्याश लिगमा फर्किए सन्दीप: शुक्रबारकाे खेलमा टिममा पर्ने सम्भावना बलियाे

 माघ २४, २०७५ बिहिबार १८:२९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली राष्ट्रिय टिमको पहिलो एक दिवसीय र टी-२० सिरिज जित्दा महत्वपुर्ण सदस्य बनेका सन्दीप लामिछाने फेरि बिग ब्याश लिगमा फर्किएका छन् ।

बिग ब्याशमा उनको टिमले शुक्रबार ब्रिज्बेन हिट्ससँग प्रतिस्पर्धा गर्दैछ । ब्रिज्बेनमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:२५ बजेबाट सुरू हुनेछ ।

शुक्रबारकाे खेलमा ब्रिज्बेनविरुद्ध जित निकालेमा मेलबर्नले प्लेअफमा पुग्ने संभावना बलियो बनाउने छ । सन्दीपको टिम मेलबर्न १२ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

सुरूवाती चार खेलमा ८ विकेट लिएर बंगलादेश प्रिमियर लिग खेल्न गएका सन्दीप शुक्रबारको खेलमा टिममा पर्ने संभावना निकै बलियो रहेको छ ।

बंगलादेश प्रिमियर लिगमा सिलेट सिक्सर्सबाट बीपीएल खेलेका सन्दीपले ६ खेलमा ४ विकेट लिन सफल भएका थिए ।

उनकाे टिम मेलबर्न स्टार्सले सन्दीप फर्किएसँगै उनकाे फाेटाे र नाम मेन्सन गरेर यस्ताे ट्वीटसमेत गरेकाे थियाे :

 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया