टाइगर श्रफलाई फिल्म ‘बागी-३’ मा अभिनेत्री पाउनै मुश्किल

 माघ २५, २०७५ शुक्रबार १३:५३:३ | एजेन्सी
unn.prixa.net

अभिनेता टाइगर श्रफ र दिशा पाटनी अभिनित फिल्म ‘बागी २’ गत वर्षको सुपरहिट फिल्म हो । अब यस वर्ष निर्माण हुने फिल्म ‘बागी ३’ का लागि भने अभिनेता टाइगर श्रफका लागि अभिनेत्री को हुनेछिन् भन्ने कुराको टुंगो लाग्न सकेको छैन । 

टाइगर श्रफको धमाकेदार एक्सन रहने यस फिल्मका लागि निर्माताहरु अगाड देखि नै अभिनेत्रीको खोजीमा रहेका छन् । सुरुमा यस फिल्मको तेस्रो पार्टमा पनि अभिनेत्री दिशा पाटनी र टाइगर श्रफकै जोडी हुने कुराको चर्चा थियो । तर पछि दिशा पटानी नभई यस फिल्मको पहिलो भागमा अभिनय गरिसकेकी अभिनेत्री श्रद्धा कपूरलाई चुनिएको भन्ने चर्चा चल्यो । पछि श्रद्धा कपूर पनि यस फिल्ममा नरहेको कुरा सार्वजनिक भयो । 

केही दिनअघि मात्रै सुपरहिट फिल्म ‘सिम्बा’ की अभिनेत्री सारा अली खान टाइगरको जोडी बन्ने बताइयो तर सारा अली खान पनि फिल्म ‘सिम्बा’ पछि फिल्म छनौटको कुरामा निकै सतर्क भइसकेकी छिन् ।

उनले अब अभिनेताको तुलनामा अभिनेत्रीको भूमिका छोटो हुने फिल्ममा काम गर्न अस्वीकार गरिदिइन् । फिल्म ‘सिम्बा’ मा अभिनेता रणवीर सिंह मुख्य भूमिका रहेको थियो भने सारा अली खानको भूमिका निकै नै छोटो थियो । फिल्म ‘बागी ३’ मा पनि टाइगर श्रफको मात्रै दमदार भूमिकामा देखाइने भएकै कारण साराले यस फिल्ममा काम गर्न मानिनन् । 

खबरहरुका अनुसार फिल्म निर्माताहरु अझै यस फिल्मकी अभिनेत्री को हुनेछिन् भन्ने कुराको निष्कर्षका पुगेका छैनन् । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया