हिरो महिला गोल्डकप : नेपालले आज म्यानमारसँग खेल्दै

 माघ २६, २०७५ शनिबार ७:५१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतियाेगितास्थल भुवनेश्वरकाे कालिंगा स्टेडियम

हिरो महिला गोल्डकपमा नेपालले पहिलो खेल आज  म्यानमारसँग खेल्दैछ । 

भारतको उडिसाको भुवनेश्वरमा यो खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ । खेल अगाडि शुक्रबार गरिएको पत्रकार सम्मेलनमा नेपाली टिमका प्रशिक्षक हरि खड्काले भने, ‘हाम्रो मुख्य लक्ष्य साफ जित्नु हो, हामी भारतमा बलिया टिमसँग सिक्न आएका छौँ । हामी राम्रो फुटबल खेलेर विपक्षीलाइ चुनौती दिन्छौँ ।’ 

प्रतियोगितामा नेपालसहित आयोजक भारत, इरान र म्यानमार रहेका छन् । भारतले आसन्न साफ र ओलम्पिक छनोटलाई लक्षित गर्दै यो प्रतियोगिता गरेको हो । नेपालले दोस्रो खेलमा २८ गते आयोजक भारतको सामना गर्नेछ । फागुन १ गते इरानसँग खेल्नेछ ।

राउण्ड रोबिन आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनल पुग्नेछ । फाइनल खेल फागुन ३ गते हुनेछ ।

नेपाली टिम झापामा ५ दिने क्लोज क्याम्पपछि भारत पुगेको हो ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया