आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
फेब्रुअरी १० र ११ गते ग्रामी अवार्ड २०१९ को भव्य योजना भयो । संगीत क्षेत्रकै ठूलो मानिने ग्रामी अवार्डको यो ६१ औं संस्करण लस एन्जल्समा आयोजना गरिएको थियो ।
ग्रामी अवार्ड २०१९ मा ‘दिस इज अमेरिका’ गीत वर्षकै उत्कृष्ट बन्न सफल भएको छ । यस्तै लेडी गागाको 'ह्वेर डु यु थिंक यु आर गोइङ ?' बेस्ट सोलो परफर्मेन्स बन्न सफल भएको छ ।
उनले अरु पनि पुरस्कार प्राप्त गरेकी छिन् । उनलाई ब्राड्ली कूपरसँगको शैलो गीतको लागि बेस्ट ड्युयो परफर्मेन्स र रेकर्ड अफ\ द इयरको अवार्ड मिलेको छ ।
वर्षकै उत्कृष्ट गीत बनेको दिस इज अमेरिकाका गायक डोनाल्ड ग्लोवर र लेखक चाल्डिश गैंबिनो हुन् । ग्रामी अवार्ड अन्य विभिन्न विधाहरुमा पनि प्रदान गरिएको थियो, केही विधाहरु र विजेताहरुका नाम यसप्रकार छन् ।
बेस्ट पप साेलाे परफर्मेन्स : जाेन (व्हेयर डू यु थिंक यू आर गोइङ) लेडी गागा
बेस्ट पप भाेकल एल्बम : स्वीटनरका लागि एरियाना ग्रेनेडलाई
बेस्ट ट्रेडिस्नल पप भाेकल एल्बम : माई वेका लागि विली निल्सनलाई
बेस्ट र्याप सङ्ग : गड प्लान काे लागि ड्रेकलाई प्रदान गरियाे
यस अवार्ड कार्यक्रमको होस्ट आर एण्ड बी गायिका एलिसिया किजले गरेकी थिइन् । अवार्ड समाराेहमा अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामा पनि सहभागी थिइन् ।