चालक अनुमतिपत्र लिन चाहिने न्यूनतम उमेर बढाउने सरकारको तयारी
फागुन २२, २०८१ बिहिबार
लमजुङ – लमजुङका उज्यालोकर्मी श्यामशितल परियार सम्मानित हुनुभएको छ । लमजुङको सुन्दरबजार नगरपालिका–६, मा रहेको सयपत्री आवासीय माध्यमिक विद्यालयले सोमबार आफ्नाे ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहको अवसरमा पत्रकार परियारलाई सम्मानित गरेको हो ।
सञ्चार क्षेत्रबाट देशको शिक्षा, सञ्चार तथा सामाजिक रुपान्तरणका साथै विद्यालयको सर्वाङीण विकासका लागि पुर्याएको प्रशंसनीय कार्यको मूल्यांकन गर्दै विद्यालयले उहाँलाई सम्मानपत्रको साथमा सम्मानित गरेको हो ।
विद्यालयको वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिको रुपमा आउनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पत्रकार परियारलाई सम्मानपत्र प्रदान गर्नुभएको हो ।
पत्रकार परियार २०६८ साल देखी निरन्तर पत्रकारितामा क्रियाशिल हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ लमजुङ शाखाको सह–सचिव समेत हुनुहुन्छ । पिरयार उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन, न्यूज २४ टीभी, स्थानीय रेडियो भोटेओडारसँगै विभिन्न सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ ।
विद्यालयले पत्रकार परियारसँगै पत्रकार नवराज पहाडी र गणेश पाण्डेलगायत विद्यालयको हितमा योगदान पुर्याएका विभिन्न व्यक्ति तथा संघसंस्थालाई समेत सम्मानित गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।