तीन प्रदेशको सीमा विवाद

 माघ २९, २०७५ मंगलबार ७:२३:३३ | रासस
unn.prixa.net

बाँके – प्रदेश नं ५,  कर्णाली र सुदूरपश्चिमका  सीमामा रहेका बर्दियाको सयौँ बिघा जमिनमा विवाद भएको छ । बर्दियाको बाँसगढी  र सुर्खेतको भेरीगङ्गा नगरपालिकाबीच जमिनको विवाद छ । बबई नदी वरिपरी बर्दियाको बाँसगढी र पारि सुर्खेतको भेरीगङ्गा नगरपालिका जोडिए पनि नक्सामा भने सुर्खेतको हर्रेडाँडादेखि  तलको भूभाग बर्दियामै देखिएको  छ ।

सीमा निर्धारण आयोग नबन्दा प्रदेशस्थित जिल्लाका सीमा विवाद अल्झिएको  छ । सीमा विवाद सम्बन्धमा प्रदेश नं ५ का मुख्यमन्त्रीलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको कमाटु दिगो विकास समितिका बिन्तीराम थारुले बताउनुभयो ।  “कर्णाली र बबई नदीको सीमा क्षेत्रमा रहेका बर्दियाका भूमि विवादित छ”, उहाँले भन्नुभयो ।

जिल्लाबाट सीमा विवादका उजूरी सङ्घीय तथा प्रदेश सरकारमा पेश भए पनि आयोग  गठन हुन नसक्दा विवाद समाधान भएको  छैन । सीमा निर्धारणका लागि संवैधानिक आयोग गठन गर्ने कानूनी व्यस्था छ  । भूगोलको विवाद हुँदा विवादित क्षेत्रमा परेका सर्वसाधारण समस्यामा परेको स्थानीयवासी बताउँछन् ।

यी क्षेत्रमा कुन जिल्लाका तर्फबाट विकास गर्ने भन्ने तय नहुँदा समस्या देखिएको हो । प्रदेश नं ५ को बर्दिया, कर्णाली र सुदूरपश्चिम प्रदेशबीच सीमा विवाद छ । बर्दियाको सीमाअन्तर्गत कर्णालीको सुर्खेत जिल्ला र सुदूरपश्चिमको कैलाली जिल्लामा  सीमा विवाद रहेको जिल्ला समन्वय समितिका प्रमुख शङ्कर थारुले बताउनुभयो ।

भेरीगङ्गा र बागढी नगरपालिकाको सीमा व्यवस्थित  गर्न पहल  गरिए पनि सुनुवाइ भएको छैन ।  सीमा  निर्धारण गरी सङ्घीय तथा प्रदेश सरकारमा पठाइए पनि सिमा विवाद समाधान भएको छैन । समन्वय समितिमार्फत सम्बन्धित प्रदेशका जिल्लासँग कुराकानी भइसकेको छ तर विवाद समाधान हुन नसकेको प्रमुख थारुले  बताउनुभयो ।

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले  सोसम्बन्धी विषय सङ्घमा राखिने जानकारी दिनुभयो । नहरमा अवरोध गहुँ र आलु खेतीका लागि नहरमा पानीको माग भएपछि बबई सिंचाइ आयोजनाबाट नहरमा पानी सञ्चालन हुँदा निर्माणका काममा अवरोध भएको छ ।

आयोजनाले हिउँदे बालीका लागि गत पुस पहिलो हप्तासम्ममा मात्र पानी सञ्चालन गर्ने भने तापनि कृषकको मागअनुसार पानी दिँदा  नहरको तारजालीका काममा अवरोध भएको आयोजना प्रमुख कुञ्जनभक्त श्रेष्ठले जानकारी दिनुभयो । काममा अवरोध भए पनि सिंचाइबाट खेतबारी हरियाली भएको र उत्पादन बढ्ने आशा पलाएको बारबर्दिया – ११ का कृषक दयाराम थारुले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया