धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
पाल्पा – गणेशधाम स्थापनाका लागि पाल्पामा बुधबारदेखि गणपति महाअनुष्ठान सुरु भएको छ । तानसेनको गुफाचौरमा गणेशधाम बनाउने उद्देश्यले १० नम्बर वडा कार्यालय परिसर, प्रभासमा महाअनुष्ठान सुरु भएको हो ।
महायज्ञ सञ्चालन हुनुअघि पाल्पाको प्रभास, बाँसटारी, भालेबास, सूर्यकुण्ड क्षेत्रमा कलशयात्रा गरिएको थियो ।
आगामी फागुन ११ गतेसम्म सञ्चालन हुने महायज्ञमा सवा करोड लड्डू र तीन करोड दुबो अर्पण गरिनेछ भने इश्वरकृष्ण महाराजको नेतृत्वमा संगीतमय श्रीमद्भागवत वाचन हुनेछ । यस्तै ५० वर्ष पुगेका भक्तहरुको सामूहिक तुलादान, प्रत्येक दिन श्रीगणेश अथर्वशीर्ष १ हजार ८ पारायणलगायतका कार्यक्रम रहने आयोजकले जनाएका छन् ।
महाअनुष्ठानको उद्घाटन गर्दै पूर्व उद्योगमन्त्री तथा संघीय सांसद सोमप्रसाद पाण्डेले धार्मिक अनुष्ठान जस्ता कार्यले मानिसलाई आत्माअनुशासनमा बस्न सहयोग पुग्ने बताउनुभयो । पूर्वमन्त्री पाण्डेले पाल्पाको गुफाचउरलाई धार्मिक पर्यटन केन्द्रको रुपमा विकास गर्न प्रभासमा सुरु भएको महायज्ञले सहयोग पुग्ने पनि बताउनुभयो ।
आफूले सुरुदेखि नै गणेशधाम बनाउन सहयोग गर्न क्रियाशिल भएको बताउँदै उहाँले पाल्पाको धार्मिक धरोहरलाई संरक्षण गर्दै गुरुयोजना बनाएर समग्र जिल्लाको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख कथावाचक इश्वरकृष्ण महाराजले धार्मिक कार्यक्रमको माध्यमबाट पाल्पाको पर्यटन विकास गर्न सकिने धारणा राख्नुभयो । उहाँले सबैको इच्छा र चाहना अनुसार तेल्घाको गुफाचउरमा भगवान गणेशको मूर्ति स्थापनामा लागेको जानकारी दिदैँ यस महान धार्मिक कार्यमा सबैको सहयोगको आवश्यकता औंल्याउनुभयो ।
आम पाल्पावासीको सानोसानो सहयोगबाट इँटा थपेर गणेशधाम बनाउन सकिने बताउँदै उहाँले तुलादान, लड्डू र दुबो अर्पण कार्यमा सहभागी हुन सबै नेपालीलाई आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।