सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – थाइल्याण्डमा हुने आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्न नेपाली टाेली थाइल्याण्ड प्रस्थान गरेको छ ।
रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टिमलाई राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव केशवकुमार विष्टले बिदाई गरेका छन् ।
बिदाई समारोहमा सदस्य सचिव विष्टले नेपाली महिला क्रिकेट टिमलाई पनि तलब भत्ताका लागि आईसीसीसँग पहल गर्ने प्रतिवद्धता जनाए । सदस्य सचिव बिष्टले इच्छाशक्ति र मनोबल उच्च भएमा कुनै पनि ठूलो देशलाई पराजित गर्न सकिने भन्दै खेलाडीलाई राम्रो प्रदर्शन गर्न आग्रह गरे ।
महिला क्रिकेटका मुख्य प्रशिक्षक विनोद दासले प्रशिक्षण राम्रो भएकाले नतिजा पनि राम्रो निस्कने विश्वास व्यक्त गरे ।
कप्तान क्षेत्रीले यसअघि भएको टी–२० महिला स्म्याशमा थाइल्याण्डसँग पराजित हुँदै उप-विजेता भएकाले यस पटक उसलाई पराजित गर्ने लक्ष्य रहेको बताइन् ।
नेपाली टिम
रुबिना क्षेत्री (कप्तान)
सीता रानामगर (उपकप्तान)
करुणा भण्डारी
सरिता मगर
नेरी थापा
इन्दु बर्मा
सोनु खड्का
आरती विडारी
काजल श्रेष्ठ
रोमा थापा
कविता कुवँर
ममताकुमारी चौधरी
विन्दु रावल
अप्सरी बेगम
अप्सरी बेगमले पहिलो पटक टिममा स्थान बनाएकी छिन् । उनले यसअघि टिममा रहेकी डल्ली भट्टको स्थानमा टिममा स्थान बनाएकी हुन ।
नेपालले पहिलो खेल मलेसियाविरुद्ध खेल्ने भएको छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा मलेसिया विरुद्ध १९ फेब्रुअरीमा खेल्नेछ । यो प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टिमले ग्लोबल क्वालिफायर्समा खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।