सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
पाकिस्तान प्रिमियर लिग क्रिकेट पीएसएलमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्स ६ विकेटले विजयी भएको छ ।
टिमले चौथो खेल खेले पनि सन्दीपले आजै मात्र पीएसएलमा डेब्यु गर्दै महत्वपूर्ण तीन विकेट लिएका थिए ।
मुल्तान सुल्तानले दिएको २०१ रनको भारी लक्ष्यलाई लाहोरले २ बल बाँकी छँदै पूरा गरेको हो । लाहोरको जितमा कप्तान एबी डिभिलियर्सले ५२ तथा डेभिड वेइज ४५ रनमा नट आउट रहे ।
पहिलो विकेट ३६ रनमा गुमाएको लाहोरले दोस्रो विकेट १०१ रनमा खेर फाल्यो । १० रन बनाएका सोहेल अक्तर पहिलो विकेटका रुपमा आउट भएपछि सल्मान बट र फकर जमामले टिमको स्कोर १०१ पुर्याएका थिए । फकर जमाम ३५ बलमा ६३ रन बनाउँदै पेभेलियन फर्किए ।
त्यसलगत्तै सलमान बट पनि व्यक्तिगत १७ रन बनाए आउट भए । क्रिजमा रहेका एबी डिभिलियर्सले अन्तिमसम्म खेलमा टिक्दै डेभिड विससँग९८ रनको साझेदारी गरे । जसमा एबी डिभिलियर्सले २९ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५२ रन बनाए । यसैगरी डेभिडले २० बलमा ४५ रन बनाउने क्रममा ५ छक्का प्रहार गरे
त्यसअघि पहिला ब्याटिङ गरेको मुल्तान सुल्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको थियो । मुल्तानविरुद्धको खेलम नेपालका सन्दीपले महत्वपूर्ण तीन विकेट हात पारेका थिए ।
मुल्तान सुल्तानले लाहोरमाथि रनको पहाड खडा गर्ने क्रममा बलिङमा आएका सन्दीप पहिलो ओभरमा भने पिटिएका थिए । पहिलो ओभरमा १७ रन खाएका सन्दीपले दोस्रो र तेस्रो र चौथो ओभरमा महत्वपूर्ण तीन विकेट लिए । दोस्रो ओभरमा उनले लाहोरो क्वालन्दर्सलाई पहिलो सफलता दिलाएका थिए ।
उमर सिद्धिकी र जेम्स भिन्सका बीचमा पहिलो विकेटका लागि भएको पीएसएलकै सर्वाधिक ठूलो साझेदारीलाई तोड्न सफल भए । उनले ११।५ औं ओभरमा ८४ रन बनाएर क्रिजमा रहेका जेम्स भेन्सलाई फकर जमामको हातबा क्याच आउट गराएका थिए ।
व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले सोयब मलिकलाई आउट गरे । यसैगरी अन्तिम ओभरमा उनले आन्द्रे रसेललाई आउट गर्दै डेब्यु खेलमै महत्वपूर्ण तीन विकेट लिन सफल भए । उनले समग्रमा ४६ रन दिए ।
लाहोरका तर्फबाट कुनै पनि स्पिनरले विकेट लिन नसकेका बेला सन्दीपले त्यो खडेरी पनि तोडे । यसअघिका तीन खेलमा मिडियम पेसर बलरले मात्र विकेट लिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।