सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
कैलाली - धनगढी प्रिमियर लिगको उपाधिका लागि अहिले महेन्द्रनगर युनाइटेडले सीवाइसी अत्तरियालाई एक सय २४ रनको लक्ष्य दिएको छ।
फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा एक सय २३ रन बनाउँदै अलआउट भयो । उसले ११ रन बनाउदा पहिलो विकेट गुमायो ।
ओपनर मोहम्मद नाभिद १० रनमा आउट भए । त्यसपछि उसले १४ रनमा दोस्रो विकेट खेर फाल्यो । जसमा सब्रमनियम आनन्द मात्र दुई रनमा पेभेलियन फर्किए । त्यसपछि उसले ४२ रन बनाउँदा थप दुई विकेट गुमायो ।
जसमा आरिफ शेख ११ रनमा आउट भए भने कप्तान शरद भेषावकरले खाता खोल्न सकेनन् । त्यसपछि दिलीप नाथ र कुशल मल्लले पाँचौ विकेटका लागि ५१ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले ।
कुशल ब्यक्तिगत २५ रनमा आउट भएपछि महेन्द्रनगरले ९३ रनमा पाँचौ विकेट झर्यो । त्यसपछि राम्रो ब्याटिङ गरिरहेका दिलीप नाथ ४३ रनमा आउट भएपछि महेन्द्रनगरले ९७ रनमा छैटौं विकेट खेर फाल्यो ।
महेन्द्रनगरको स्कोर एक सय सात रन हुँदा अमरसिंह रौटेला मात्र एक रनमा सातौ विकेटका रुपमा आउट भए ।
उसले स्कोरबोर्डमा अरु सात रन जोड्दा थप एक विकेट गुमायो । अभिनाश बोहोरा खाता खोल्न नपाउँदै आउट भए । उसका रोहितकुमार पौडेलले २४ रन बनाए । बलिङमा दिपेन्द्र राउत र दिपेन्द्रन ऐरीले दुई दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।