सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
लियोनल मेस्सीले करिअरमा ६५० औं गोल तथा ५० औं ह्याट्रिक पूरा गरेको खेलमा स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति बार्सिलोनाले सेभियालाई ४-२ गोलअन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा सेभियाले दुई पटकसम्म लिएको अग्रता जोगाउन नसक्दा पराजय ब्यहोर्नुपरेको हो । खराब लयमा रहेको सेभियाले ला लिगामा पछिल्लो पाँचमध्ये एक खेलमात्र जितेको छ । गएको महिना कोपा डेल रेमा पनि सेभिया बार्सिलोनासँग पराजित भएको थियो ।
जेसस नाभाले २२ औं मिनेटमा गरेको गोलले घरेलु समर्थक उत्साहित भएका थिए । तर, त्यसको चार मिनेटपछि नै मेस्सीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । ४२औं मिनेटमा पाब्लो साराबियाको पासमा गाब्रियल मार्काडोले सेभियालाई पुनः अग्रता दिलाए । सेभियाले पहिलो हाफ २-१ को अग्रतामा टुंग्यायो ।
दोस्रो हाफमा सुधारिएको बार्सिलोनाका लागि मेस्सीले ६७औं मिनेटमा डेम्बेलेको पासमा गोल गरे । ८५औं मिनेटमा गोल गरी बार्सिलोनालाई अग्रता दिलाए भने ह्याट्रिक पूरा गरे । इन्ज्यूरी समयको अन्तिम मिनेटमा लुइस स्वारेजले बार्सिलोनालाई ४-२ गोलको जित निश्चित गरे ।
मेस्सीको यो करिअरको ५०औं ह्याट्रिक हो । सेभियाविरुद्ध पनि उनको रेकर्ड राम्रो छ । सेभियाविरुद्ध खेलेका पछिल्ला ३५ खेलमा मेस्सीले ३६ गोल गरेका छन् ।
यो जितले बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा १० अंकको स्पष्ट अग्रता कायम गरेको छ । २५ खेलबाट बार्सिलोनाको ५७ अंक भएको छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिडको ४७ अंक छ । २४ खेलबाटै रियल मड्रिडको ४५ अंक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।