हात्तीले ९ घर भत्कायो

 फागुन १२, २०७५ आइतबार ११:२९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुली – दुधौली नगरपालिका–३ निपानेमा जङगली हात्तीले आतंक मच्चाएको छ । हात्तीले गाउँको ९ ओटा घर भत्काएको छ । राति जंगलबाट आएको तीनओटा हात्तीले ९ ओटा घर भत्काउनुका साथै अन्नबाली नष्ट गरेको वडा नम्बर ३ का वडाध्यक्ष साने धामीले जानकारी दिनुभयो ।

हात्तीको समूहले निपानेको झुँगामा नरेन्द्र माझी, गोपाल माझी, अनुप थारु, रामजी माझी, कन्ना थारु, रतीया धामी, रिता माझी, नारायण कार्की र अर्का एकजनाको घर भत्काएको वडाध्यक्ष धामीले जानकारी दिनुभयो । 

बिहान भएपछि हात्ती जंगल पस्ने र रातभर बस्तीमा आएर आतंक मच्चउने गरेको छ । वडाध्यक्ष धामीले भन्नुभयो ‘आज तीन रात भयो, राम्रोसँग सुत्न पाइएको छैन ।’ 

सिन्धुलीको कमलामाई नगरपालिकाको वडा नं. १३ र १४ मा पनि जङ्गली हात्तीको समूहले आतंक मच्चाउँदै आइरहेको स्थानीयले गुनासो गरेका छन् । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया