आफ्नै गाडीभित्र एक व्यक्ति मृत भेटिए

 फागुन १२, २०७५ आइतबार १७:३४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – आफूले चलाएर लगेको गाडीभित्रै शनिबार एकजना युवक मृत फेला परेका छन् । भक्तपुर सूर्यविनायकका २६ वर्षीय निकेश भुजु बा.५ च ६४२१ नम्बरको आफ्नै ट्याक्सीभित्र मृत भेटिएका हुन ।

उनको परिवार स्रोतले बताए अनुसार गाडी बनाउन भनेर उनी आफ्नो ४ वर्षको छोरासहित बिहान ९ बजे घरबाट निस्केका थिए । तर दिनभरी फोन गर्दा पनि उनीसँग सम्पर्क हुन नसकेपछि उनकी श्रीमती सृजना भुजुले शनिबार साँझ ६ बजे प्रहरीमा उजुरी दिनुभएको थियो ।

उजुरीपछि प्रहरीले खोजी गर्ने क्रममा करिब ७ बजे निकेशलाई लिवाली भन्ने ठाउँमा उनकै गाडीभित्र अचेत अवस्थामा फेला पारेको थियो । पछि उपचारको लागि भक्तपुर अस्पताल लगेपछि त्यहाँका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

अहिले घटनाकाे प्रारम्भिक अनुसन्धान भइरहेको र घटनामा संलग्न व्यक्तिहरुको खोजतलास गर्दै जाँदा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । 

नियन्त्रणमा लिइएकाहरुमा चाँगुनारायण नगरपालिका वडा नं. ८ बस्ने २५ वर्षीय सुमन बाला, दाङ हापुर गाउँपालिका वडा नं. ४ का १९ वर्षीय भुप बहादुर रोका, सिन्धुली घर भइ चाँगुनारायण वडा नं. ९ बस्दै आएका २६ वर्षीय किरण श्रेष्ठ र चाँगुनाराण नगरपालिका वडा नं. ९ का २१ वर्षीय सुकु भन्ने राज बनमाला रहेका छन् ।

उनीहरुलाई प्रहरी वृत्त जगाती भक्तपुरमा राखेर थप अनुसन्धान भइरहेको छ ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया