इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको संयुक्त राष्ट्रसङ्घद्वार...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - आसन्न साफ महिला च्याम्पियनसिपमा पाकिस्तानले भाग नलिने भएपछि प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ ।
अब प्रतियोगितामा नेपालसहित ६ टिमको मात्र सहभागिता हुने भएको छ ।
नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ भने नेपालको दोस्रो प्रतिद्वनद्वी बंगलादेश रहेको छ । समूह एक मा रहेको नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ ।
समुह बी मा माल्दिभ्स, भारत र श्रीलंका रहेका छन् । दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन । प्रतियोगिता आउँदाे फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा सञ्चालन हुदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।