महिला टी–२० विश्वकप छनोटकाे अन्तिम खेलमा नेपालले आज कुवेतसँग खेल्ने

 फागुन १५, २०७५ बुधबार ७:३९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटको अन्तिम खेलमा नेपालले बुधबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउन नेपालले कुवेतलाई भारी अन्तरले हराएर मात्र पुग्ने भने छैन । नेपाललाई अरु खेलको नतिजाले प्रभाव पार्ने छ ।

यदि बुधबार नै तालिकाको शीर्ष स्थानमा रहेको थाइल्याण्डले यूएईसँग हार्नुपर्ने छ । यतिमात्र होइन यदि यूएई भारी अन्तरले विजयी भएमा पनि नेपाललाई शीर्ष स्थानमा पुग्न कठिन हुनेछ ।

किनकी नेपाल र यूएईको समान आठ आठ अंक भए पनि रन रेटका आधारमा नेपाल पछि रहेको छ । चीन विरुद्धको खेलमा नेपालले झिनो अन्तरले जित निकाल्नु पनि रन रेटमा ठूलो घाटा लागेको थियो ।

बुधबारको खेलमा थाइल्याण्ड विजयी भएमा नेपाल र यूएईको आशा समाप्त हुनेछ । यदि नेपालले कुवेतलाई भारी अन्तरले हरायो र यूएईले थाइल्याण्डलाई झिनो अन्तरले जितेमा रन रेटका आधारमा शीर्ष स्थानमा पुग्ने टिमको टुंगो लाग्नेछ ।

थाइल्याण्ड १० अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा यूएई र नेपाल तेस्रो स्थानमा छ ।
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया