च्याम्पियन्स ट्रफीकाे फाइनलमा पुग्न आज न्युजिल्यान्ड र दक्षिण अफ्रि...
फागुन २१, २०८१ बुधबार
काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको हेलिकप्टर दुर्घटनामा परी निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले पार्टीका केन्द्रीय सदस्यसमेत रहनु भएका दिवंगत मन्त्री अधिकारीसहित ७ जनाको निधन भएकोमा एक मिनेट मौनधारण गरेर श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । पार्टीका कन्द्रीय सदस्यसमेत रहनु भएका दिवंगत मन्त्री अधिकारीसहित ७ जनाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै उनीहरुको परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले मन्त्री अधिकारीको सम्मानमा देशभरका सबै पार्टी कार्यालयहरुमा बिहीबार पार्टीको झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ । त्यसैगरी सबै पार्टी कार्यालयहरुमा ३ दिनसम्म शोक पुस्तिका राखिने निर्णय पनि गरिएको प्रवक्ता श्रेष्ठले बताउनु भयो । नेकपाले मन्त्री अधिकारीको श्रद्धाञ्जलीका लागि आगामी फागुन २३ गते बिहीबार पार्टी केन्द्रीय कार्यालयको तर्फबाट श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ ।
सचिवालय बैठकले मन्त्री अधिकारीसहित हेलिकप्टर दुर्घटनामा परी निधन भएका सातैजनाका परिवारको आर्थिक स्थिति र आवश्यक्तालाई समेत ध्यानमा राखेर उपयुक्त आर्थिक सहायता उपलब्ध गराउन पनि सरकारलाई अनुरोध गरेको छ ।
बैठकले हेलिकप्टर दुर्घटनामा निधन हुनु भएका मन्त्री अधिकारीसहित सातै जनाको शवलाई आजै काठमाडौं ल्याएपछि पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगंज पु¥याउने र मन्त्री अधिकारीको शवलाई भने अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राख्ने निर्णय पनि गरेको छ । पोष्टमार्टम पछि मन्त्री अधिकारीको शवलाई अन्त्यष्टिका लागि गृह जिल्ला पोखरा लगिने र अन्यको शव भने परिवारलाई जिम्मा दिने निर्णय पनि गरिएको प्रवक्ता श्रेष्ठले बताउनु भयो ।
बुधबार दिउँसो ताप्लेजुङको सिस्नेखोला नजिक प्रतिकूल मौसमका कारण हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाको निधन भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।