च्याम्पियन्स ट्रफीकाे फाइनलमा पुग्न आज न्युजिल्यान्ड र दक्षिण अफ्रि...
फागुन २१, २०८१ बुधबार
काठमाण्डौ – नेपालबाट यरोप र खाडी देश जाने विमानले आज पनि हिजो बदलिएको रुट प्रयोग गरिरहेका छन् ।
भारत र पाकिस्तानबीच जम्मू–कश्मीरमा भैरहेको तनावपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । त्यसको प्रभाव नेपालमा पनि परेको हो । नेपालबाट खाडी र युरोप जाने सबै विमानले पाकिस्तानको एयर स्पेस प्रयोग नगर्ने गरी उडान तालिका मिलाएका छन् ।
पहिले पाकिस्तानको हवाई क्षेत्र हुँदै उडान भर्ने कतार, फ्लाइ दुबई, टर्किस एअरलाइन्सलगायतका विमानले पाकिस्तानको हवाई क्षेत्र अर्थात एयर स्पेस प्रयोग गर्दै आएका थिए ।
तर पाकिस्तानले आफ्नो हवाई क्षेत्र बन्द गर्दा नेपालबाट खाडी देश र युरोप जाने सबै विमान भारतकोे अहमदाबाद गएर त्यहाँबाट एल ३०१ रुट प्रयोग गदै गन्तव्यमा जाने विमानस्थल स्रोतले जनाएको छ ।
रुटमा भएको परिवर्तनको कारणले गर्दा विमान उडानमा केहि ढिलाई भएको र थप समस्या हुन नदिन काम भैरहेको विमानस्थलले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।