सुदूरपश्चिम प्रदेश प्रमुख मल्ललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगियो

 फागुन १६, २०७५ बिहिबार १९:४८:३० | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - त्रिवि शिक्षण अस्पतालमा केही दिनदेखि उपचाररत् सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि आज एयर एम्बुलेन्समार्फत भारत लगिएको छ । 

फागनु पहिलो हप्तादेखि बिरामी भई शिक्षण अस्पतालको आईसीयू (सघन उपचार कक्ष)मा उपचाररत् प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा सुधार नदेखिएपछि भारतको मेदान्त अस्पताल लगिएको उहाँका स्वकीय सचिव धनसिंह क्षेत्रीले जानकारी दिनुभयो । एकहत्तर वर्षीय प्रदेश प्रमुख मल्ललाई कडा खालको निमोनिया र फोक्सोमा सङ्क्रमण देखिनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको छ । 

शिक्षण अस्पतालका चिकित्सक डाक्टर पङ्कज पन्त र डाक्टर निरज बमलगायतको चिकित्सकको टोली उहाँको उपचारमा संलग्न थियो ।

बिरामी भएपछि यही फागुन ५ गते धनगढीको निसर्ग अस्पतालमा उपचारका लागि उहाँलाई लगिएकामा त्यही राति थप उपचारका लागि काठमाण्डौ ल्याइएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया