रवीन्द्र अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाए

 फागुन १७, २०७५ शुक्रबार ९:०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुभएको छ । 

टुँडिखेलमा भैरहेको श्रद्धाञ्जली कार्यक्रममा उहाँले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

त्यसपछि नेकपाका अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएका थिए । टुँडिखेलमा भैरहेको श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रपतिलगायत विशिष्ट व्यक्ति र सर्वसाधारणको उपस्थिति छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया