सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
इंग्लिस प्रिमियर लिग फुटबलमा चौथो स्थानमा रहेको आर्सनलले अंक दूरी घटाउने अवसर गुमाएको छ ।
शनिबार भएको खेलमा तेस्रो स्थानमा रहेको टोटनह्याम हट्स्परसँग एक एक गोलको बराबरी खेलेपछि दूरी घटाउने अवसर गुमाएको हो । आर्सनलले तालिकामा ५७ अंक पुर्याएको छ भने तेस्रो स्थानमा रहेको टोटनह्यामको ६१ अंक रहेको छ ।
लन्डन डर्बीमा १६ औं मिनेटमा आर्सनलले अग्रता लिएको थियो । टोटनह्यामका डेभिनसन सान्सेजले किलियर गर्न नसकेको बलमा एरोन राम्सेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
२३ औं मिनेटमा टोटनह्यामका ह्यारि केनले गोल गरेपनि रेफ्रीले अफसाईड दिएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा बराबरी गोल खाएको थियो । टोटनह्यामका लागि हेरि केनले पेनाल्टी मार्फत बराबरी गोल गरेका थिए ।
क्रिष्टिन एरिक्सले केनलाई फल गरेपछि पाएको पेनाल्टीमा उनैले बराबरी गोल गरेका थिए ।९० मिनेटमा आर्सनलले पाएको पेनाल्टी टोटनह्यामका किपर ह्यूगो लोरिसले बचाएका थिए । शीर्ष स्थानमा रहेको लिभरपुलको ६९ तथा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ६८ अंक रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।