नक्कली बिल प्रयोग गरी राजश्व छल्ने २४ फर्मका सञ्चालकविरुद्ध एक अर्ब ७५ करोड बिगो माग गर्दै मुद्दा

 फागुन २१, २०७५ मंगलबार १५:२१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नक्कली बिजक प्रयोग गरी राजश्व छली गर्ने विभिन्न २४ फर्मका सञ्चालकबाट १ अर्ब ७५ करोड बिगो असुली माग दाबी गर्दै राजश्व अनुसन्धान विभागले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । 

विभागले व्यापारीहरु जयकिशोर साह र परमेश्वर साहलाई पक्राउ गरेर अनुसन्धान गर्दा नक्कली बिजक बिक्री गर्ने गिरोह फेला पारेको जनाएको छ ।  

साहद्वयले निम्न स्तरका मजुदरहरुलाई आर्थिक प्रलोभन दिँदै उनीहरुको नाममा फर्म र कम्पनी दर्ता गराएर नक्कली बिलको कारोबार गर्ने गरेका थिए । 

विभागले नक्कली बिल बिजक जारी गर्दै साहद्वयले राजश्व चुहावट गरिरहेको भन्ने सूचना पाएपछि गएको माघमा दुवैलाई पक्राउ गरी छानबिन अघि बढाएको थियो । 

संगठित रुपमा राजश्व चुहावट गरेको प्रमाणित भएकाले उनीहरुविरुद्ध राजश्व अनुसन्धान तथा नियन्त्रण ऐन २०५२, मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम कारबाही अघि बढाइएको विभागले जनाएको छ । 

राजश्व छली गरेको प्रमाणित भएकाले असुल उपर गर्न १ अर्ब ७५ करोड बिगो कायम गरी अदालतमा मुद्धा दायर गरेको हो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

1 Comments

  • Sujan Lamsal

    March 5, 2019, 4:21 p.m.

    दिनहु जसो भ्रस्टचार सम्बन्धी समाचार सुन्दा दिक्क लाग्छ । फितलो कानुन र भित्रभित्रै हुने सेटीङ ले कारबाहि हुने कुरामा बिश्बास छैन । देखिने गरी कारबाहि कहिले हुने होला

  •  0 Reply

तपाईको प्रतिक्रिया