सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
अर्जेन्टिनी फुटबल टिमका स्टार खेलाडी लियोनल मेसीले राष्ट्रिय टिममा कमब्याक गरेका छन् । सन् २०१८ को विश्वकप पछि राष्ट्रिय टिमबाट नखेलेका मेसीलाई भेनेजुयला र मोरक्कोविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिममा राखिएको छ ।
बार्सिलोनाका स्ट्राइकर ३१ वर्षे मेसीले पछिल्लो ६ वटा मैत्रीपूर्ण खेलमा टिमबाट बाहिर रहेका थिए । रसिया विश्वकपमा अन्तिम १६ बाट अर्जेन्टिना बाहिरीएपछि मेसी राष्ट्रिय टिमको जर्सीमा देखिएका थिएनन् ।मेसीसँगै पेरीस सेन्ट जर्मेनका मिडफिल्डर एंगेल डी मारीयालाई पनि टिममा बोलाइएको छ । उनले पनि रसिया विश्वकप पछि राष्ट्रिय टिमबाट खेलेका थिएनन् ।
आसन्न दुई वटा मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिन प्रशिक्षक लियोनेल स्कालोनीले प्रिमियर लिग खेल्ने ४ खेलाडीलाई टिममा राखेका छन् । जसमा म्यानचेस्टर सिटीका निकोलस ओटामेन्डी, टोटनहमका हुवान फोयथ, वाटफोर्डका रोबेर्टो पेरीरा, वेष्टहामका मानुयल लान्जीनी रहेका छन् ।
इन्टर मिलानका स्ट्राइकर माउरो इकार्डीको नाम टिमबाट हटाइएको छ । उनले फेब्रेवरी नौ तारिखदेखि खेलेका छैनन् । यस्तै म्यानचेस्टर सिटीका सर्जिया अगुइरो र चेल्सीका गोञ्जालो हिगुइनको नाम पनि टिममा समावेश छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।