आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
राजस्थानको बीकानेरमा शुक्रबार भारतीय वायुसेनाको मिग-२१ विमान दुर्घटना भएको छ । के कारणले दुर्घटना भएको भन्ने पत्ता लागिसकेको छैन । तर चरा विमानसँग ठोक्किँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
विमानमा समस्या देखिन थालेपछि पाइलटले भने विमानबाट हाम फालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन् । अहिले दुर्घटनाग्रस्त क्षेत्रमा चारैतिर प्रहरीहरु खटाइएका छन् ।
भारतमा लगातार मिग विमान दुर्घटना भइरहेका छन् । त्यसैले यसलाई ‘उड्ने कफिन’ नाम पनि दिन थालिएको छ । मिग विमानद्वारा नै विंग कमाण्डर अभिनन्दले पाकिस्तानको एफ १६ माथि आक्रमण गरेका थिए ।