सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
पाकिस्तानी सुपर लिग(पीएसएल) अन्तर्गत शनिबार भएको खेलमा इस्लामाबाद युनाइटेडलाई ४९ रनले हराएको छ ।
लाहोर कलन्दर्ससँगको खेलमा टस हारेर पहिला ब्याटिङ गरको इस्लामाबाद युनाइटेडले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २३८ रन बनायो ।
इस्लामाबादका लागि केमरन डेलपोर्टले विस्फोट ब्याटिङ गर्दै ११७ रनको योगदान दिए । उनले ६० बलमा १३ चौका र ६ छक्काको सहयोगले यो योगफल बनाएका हुन् । त्यस्तै पीएसएलमा सबैभन्दा छिटो १७ बलमा अर्धशतक प्रहार गरेका असिफ अलीले २१ बलमा ५१ रनको योगदान दिए । त्यस्तै चाड्विक वाल्टनले ३० बलमा ४८ रन बनाए ।
लाहोर कलन्दर्सका सबै बलरमाथि इस्लामाबादका ब्याट्सम्यान हावी भए । लाहोरका लागि साहीन अफ्रिदीले ४ ओभर बलिङ गर्दै एक विकेट लिएर ६२ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले ४ ओभरमा ४६ रन खर्चिएर एक विकेट लिए । डेभिड विसेले ४ ओभरमा ४४ रन खर्चिँदै एक विकेट लिए ।
२३९ रनको विशाल लक्ष्य पाएको लाहोर कलन्दर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८९ रन मात्र बनायो ।
लाहोरका लागि सोहेल अख्तरले विस्फोटक पारि खेले पनि टिमलाई जिताउन सकेनन् । उनले मात्रै ३४ बलमा ८ चौका र ५ छक्काको सहयोगमा ७५ रन बनाए । त्यस्तै कप्तान फखर जमानले ३८ रन बनाए ।
इस्लामाबाद युनाइटेडका लागि फहीम अश्रफले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए । उनले ४ ओभरमा मात्रै १९ रन खर्चिँदै ६ विकेट लिएका हुन् । त्यस्तै सदाब खान र रमान रइसले एक-एक विकेट लिए ।
प्लेअफमा पुग्न लाहोर कलन्दर्सले अब अरुको खेलमा भर पर्नुपर्छ । लाहोरले अन्तिम खेलमा मुल्तान सुल्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।