दुवै खेल गुमाएका इजिप्ट र साउदी अरेबिया प्रतिष्ठाका लागि एकअर्काको सामना गर्दै

 असार ११, २०७५ सोमबार ११:३१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा विश्वकप अन्तर्गत समूह एको अन्तिम खेलमा आज राति पौने आठ बजे साउदी अरेविया र इजिप्ट आमने सामने हुँदैछन् । समूहको पहिलो दुई खेलमा पराजय भोगेका दुवै टिम प्रतिष्ठाका लागि खेल्दैछन् ।

दुवै टिम जित हात पार्दै घर फर्किने लक्षमा हुनेछन् । पहिलो खेलमा साउदी अरेविया आयोजक राष्ट्र रुससँग ५–० को भारी अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा उरुग्वेसँग १–० ले पराजित हुन पुग्यो ।

मोहम्मद सलाहको इन्ज्युरीका कारण अपेक्षाकृत प्रदर्शन गर्न नसकेको इजिप्ट पहिलो खेलमा उरुग्वेसँग १–० ले पराजित भयो भने दोस्रो खेलमा रुससँग ३–१ को हार ब्यहोर्न बाध्य भयो । इजिप्ट विरुद्ध जित हात पारेर साउदी अरेविया समूहको तेस्रो स्थान हात पारेर घर फर्किन चाहन्छ । इजिप्टका लागि भने विश्वकपमा सन् १९९० पछिको पहिलो जित हुनेछ । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया