युरोपेली च्याम्पियन्स लिग : बार्सिलाेना भर्सेस लिओन, लिभरपुल भर्सेस बायर्न म्युनिख

 फागुन २९, २०७५ बुधबार १३:३०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति प्रिक्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन् । राति पौने दुई बजे हुने खेलमा स्पेनिस लिग लिडर बार्सिलोना फ्रेन्च क्लब ओलम्पिक लियोनसँग खेल्दैछ भने इंग्लिस क्लब लिभरपुल जर्मनको लिडर बायर्न म्युनिखसँग खेल्दैछ ।

यी दुई खेलको संयोग त के छ भने दुबै खेलका पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । यो खेलको विजेता क्वार्टरफाइनलमा पुग्नेछन् ।

राम्रो फर्ममा रहेको बार्सिलोना आफ्नै मैदान नोउ क्याम्पमा दोस्रो लेग खेल्दैछ । घरेलु मैदान र समर्थकको साथका कारण पनि बार्सिलोनालाई दाबेदारको रुपमा हेरिएको छ । लियोनसँग पहिलो लेगमा गोलरहित नतिजा हात पारेपछि बार्सिलोनाले खेलको सबै चार खेलमा जित हात पारेको छ । जसमा रियल मड्रिडविरुद्धको दुई जित पनि छ ।

सन् २०१३ मा बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि बार्सिलोनाले घरेलु मैदानमा च्याम्पियन्स लिगको कुनै पनि खेल हारेको छ । २६ खेल खेल्दा बार्सिलोनाले २६ मा जित र तीनमा बराबरीको नतिजा निकालेको छ । त्यसको विपरित लियोन भने कमजोर स्थितिमा छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया