पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
मकवानपुर – हेटौँडामा किसानहरुले पालेको कुखुरामा बर्ड फ्लू रोग देखा परेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–७, नागस्वतीका किसान कुलप्रसाद चौलागाईको फार्मको कुखुरामा बर्ड फ्लू भएको पशुसेवा विभागले पुष्टि गरेको हो ।
यही फागुन १३ गतेबाट लगातार रुपमा नागस्वती क्षेत्रका कुखुराहरु खोरै रित्तिनेगरी मर्दै आएका थिए । तर जिल्ला पशु सेवा कार्यालय मकवानपुर र पशुसेवा विभागको लापर्वाहीबाट चौलागाईको मरेको कुखुरामा गरिएको परिक्षणको रिपोर्ट ढिला आएकाले आज मात्र यस क्षेत्रका कुखुरामा बर्ड फ्लू भएको पुिष्ट भएको हो । कुखुरामा बर्ड फ्लू रोग निम्तिएसँगै यस क्षेत्रका कुखुरा, अण्डा, सुलीलगायतका बस्तु बिक्री वितरण गर्नका लागि मकवानपुर प्रशासनले रोक लगाएको छ ।
आजै मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले बर्ड फ्लू भएको क्षेत्रमा चारकिल्ला प्रमाणित गरेर कुखुरा र कुखुराजन्य पदार्थ बिक्री वितरण र बाहिर निकालेर अन्य क्षेत्रमा लैजानका लागि रोक लगाइएको छ । चौलागाईले पालेको लेयर्स कुखुरा परीक्षण गर्दा बर्ड फलू रोग लागेको पुिष्ट भएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख चेतनारायण खरेलले बताउनुभयो ।
यस क्षेत्रमा ६ वटा कुखुरा खोरमा १८ हजार कुखुरा रहेका छन् । यी सबै कुखुराहरु मार्नुपर्ने अवस्थामा पुगेका छन् । यसक्षेत्रमा १७ दिन अगाडि नै कुखुरामा रोग देखिए पनि चौलागाईको खोरसहित यस आसपासका केही कुखुरा खोरहरुका सबै कुखुरा यस अघि नै मरिसकेको हेटौँडा–७, आदर्श टोलका किसान नोखबहादुर लामिछानेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।