साफ महिला च्याम्पियनसिप फुटबलकाे सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो लाग्याे

 चैत १, २०७५ शुक्रबार १८:२०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ  - विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो लागेको छ ।

शुक्रबार माल्दिभ्स श्रीलंकासँग २–० गोल अन्तरले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिने दोस्रो टिम भएको छ ।

यसअघि समूह ए बाट भुटान दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । सेमिफाइनलमा समूह ए बाट नेपाल र बंगलादेश तथा समूह बी बाट भारत र श्रीलंका अन्तिम चारमा प्रवेश गरेका हुन् । सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागे पनि समूह विजेता र उप विजेताको भने समूह चरणको अन्तिम खेलबाट हुने छ ।

विराटनगरको शहीद रंगशालामा शुक्रबार भएको खेलमा माल्दिभ्सकी कप्तान फदवा जाहिरले डि बक्सबाहिर हातले बल छोएपछि श्रीलंकाले फ्रिकिक पाएको थियो । ४० औं मिनेटमा रिवान्गी लियोनागेले प्रहार गरेको फ्रिकिक रिबाउन्ड भएपछि सालिनी इकानायकले गोल गर्दै अग्रता बनाइन् ।

पहिलो हाफमा १ गोल गरेको श्रीलंकाले दोस्रो हाफमा पनि थप एक गोल गरेको थियो । ४९ औं मिनेटमा सालिनीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता समेत दोब्बर बनाइन् । त्यसपछि थप गोल नभएपछि श्रीलंका माल्दिभ्सविरुद्ध २–० गोलको जित निकाल्न सफल भयो ।

प्रतियोगिता अन्तर्गत शनिबार नेपाल र बंगलादेशबीच  खेल हुने छ 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया