महिला टी-२० वैशाख ७ गतेबाट सुरु हुने, यी हुन् चार टिमका मालिक र मार्की खेलाडी

 चैत ४, २०७५ सोमबार १९:३१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसीएल स्पोर्ट म्यानेजमेन्टको आयोजनामा पहिलो पटक हुन लागेको महिला टी–२० लिगमा चार टिमको सहभागिता रहने भएको छ ।

साेमबार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा चारवटै टिमको नाम, तिनका मालिक र मार्की खेलाडी घोषणा गरिएको छ ।

विराटनगरमा आयाजना हुने प्रतियोगिता आउँदो वैशाख ७ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर रोअरिङ लायोन्स, काठमाण्डाै सुपर च्याम्पियन, भैरहवा क्वीन्स र धनगढी वन्डर वुमनले प्रतिस्पर्धा गर्नेछन् ।

कार्यक्रममा टिमका मालिक तथा मार्की खेलाडीको पनि घोषणा गरिएको थियो । विराटनगरका टिम मालिक अनुप सक्सेना छन् भने मार्की खेलाडी करुणा भण्डारी रहेकी छिन् । यस्तै काठमाण्डाैकी मालिक नायिका रेखा थापा र मार्की खेलाडी राष्ट्रिय टिमकी पूर्व कप्तान नेरी थापा छिन् ।

भैरहवाका मालिक अनिल भण्डारी र दिपक सुवेदी छन् । मार्की खेलाडी भने राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्री छिन् । यस्तै धनगढीका मालिक हरि खनाल र मार्की खेलाडी सीता रानामगर छन् ।

एनसीएल स्पोर्टस प्रालिको आयोजनामा हुन लागेको महिला क्रिकेट लिगको मिति एक महिना पर सरेको छ । आयोजकले चैत एक गतेदेखि नौ गतेसम्म गर्ने भनेको प्रतियोगिता अब वैशाख सात देखि १४ गतेसम्म हुने भएको छ । जसमा चार वटा टिमले सहभागिता जनाउँदै छन् ।

सहभागी टिमका खेलाडीको छनोट केही दिनमा अक्सनबाट गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा दर्ता भएको खेलाडीलाई ए, बी र सी बर्गमा राखिएको छ ।

अक्सनमा ए ग्रेडमा रहेका खेलाडीको मूल्य न्यूनतम ४० हजार र अधिकतम ७५ हजार, बी ग्रेडमा रहेका खेलाडीको मूल्य न्यूनतम २५ र अधिकतम ५० हजार, सी ग्रेडका खेलाडीको मूल्य न्यूनतम १५ र अधिकरतम २५ हजार रहेको छ ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया