नेपाली मूलका फाेटाेग्राफर राेहन श्रेष्ठसँग विवाह गर्दै श्रद्धा कपूर

 चैत ८, २०७५ शुक्रबार १८:२४:४३ | एजेन्सी
unn.prixa.net

बलिउड फिल्म उद्योगका लागि वर्ष २०१८ विवाहको वर्ष झैँ भयो । अभिनेत्री सोनम कपूरले आनन्द आहुजाका साथ, अभिनेत्री दीपिका पादुकोणले रणवीर सिंहका साथ, अभिनेत्री प्रियंका चोपडाले निक जोनससँग विवाह गरेकी थिइन् ।

अब वर्ष २०१९ मा पनि बलिउडका अभिनेता तथा अभिनेत्रीहरुको विवाहका खबरहरुले बलिउड तातेको छ । यसैबीच अहिले अभिनेत्री श्रद्धा कपूरले पनि अबको एक वर्ष भित्रै विवाह गर्न सक्ने खबर सार्वजनिक भएको छ । 

खबरहरुका अनुसार अभिनेत्री श्रद्धा कपूरले बलिउडका सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठका साथ विवाह गर्न सक्ने बताइएको छ । अहिलेका बलिउडका सेलिब्रेटी फेटोग्राफर रोहन श्रेष्ठ नेपाली मूलका हुन् ।

रोहन बलिउडकै चर्चित फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । रोहनका पिता नेपालका भए पनि रोहनको जन्म भने भारतको मुम्बईमै भएको थियो । तसर्थ श्रद्धा र रोहनबीचको चिनचान वर्षौंअघि भएकाे थियो ।

वर्षौंदेखिको चिनजान भए पनि श्रद्धा र रोहनले करिब १ वर्ष देखि एकअर्कालाई डेट गरिरहेका छन् । श्रद्धा कपूर तीनै रोहन श्रेष्ठका साथ विवाह बन्धनमा जाेडिन खाेजिरहेकी छिन् ।

श्रद्धा कपूरका परिवार तथा बुवा शक्ति कपूर पनि श्रद्धा र रोहनबीचको सम्बन्धबारे खुशि छन् । साथै श्रद्धा कपूरलाई रोहनसँगको सम्बन्धमा अगाडि बढ्न भनिरहेका छन् । बुवा शक्ति कपूरको सल्लाहबमोजिम श्रद्धाले रोहनका साथ यस विषयमा कुराकानी गरेकी छिन् । तसर्थ श्रद्धा र रोहनले अबको एक वर्षभित्रै विवाह गर्न सक्ने बताइएको छ । 

रोहनभन्दा अघि अभिनेत्री श्रद्धा कपूर अभिनेता फरहान अख्तरलाई डेट गरिरहेकी थिइन । तर  श्रद्धाको परिवार त्यो सम्बन्धलाई लिएर खुशी नभएपछि यी दुवैबीच ब्रेकअप भएको थियो । अहिले फरहान अख्तर शिवानी डान्डेकरलाई डेट गरिरहेका छन् । फरहान र शिवानीले पनि यस वर्षकै अप्रिल वा मेभित्र विवाह गर्न सक्ने खबरहरु सार्वजनिक भएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया