एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर १२, २०८१ बुधबार
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले मुम्बई इण्डियन्सलाई ३७ रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रनको बलियो योगफल तयार पारेको थियो ।
२९ रनमा शुरुवाती दुई विकेट गुमाएको दिल्लीका लागि मध्य क्रमका ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरे । ऋषबले अविजित ७८ रन बनाएका थिए । उनले २७ बलमा सात चौका र सात छक्का प्रहार गरेका थिए । यस्तै कोलिन इन्ग्रामले ३२ बलमा सात चौका र एक छक्का प्रहार गर्दै ४७ रन बनाएका थिए ।
यस्तै शिखर धवनले पनि ३६ बलमा ४३ रन बनाएका थिए । बलिङतर्फ मिचेल म्यालेनाघनले तीन विकेट लिए भने जस्प्रित बुम्राह, हार्दिक पाण्ड्या र बेन कटिङले एक एक विकेट लिए ।
२१४ रनको लक्ष्य पछ्याएको मुम्बई १९.२ ओभरमा १७६ रनमा अलआउट भयो । उसका लागि युवराज सिंहले सर्वाधिक ५३ रन बनाए । युवराज बाहेक क्रुनाल पाण्ड्षले ३२, क्वीन्टन डिककले २७ रन बनाउँदा अन्य ब्याट्सम्यानहरु सस्तैमा पवेलियन फर्किए ।
मुम्बईलाई हराउनका लागि इशान्त शमा र कागिसो रबाडाले दुई दुई विकेट लिए । दिल्ली क्यापिटल्समा आवद्ध नेपाली बलर सन्दीप लामिछाने भने खेलमा प्लेइङ सेटमा पर्न सकेनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।