एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर १२, २०८१ बुधबार
इण्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलेभेन पञ्जावले राजस्थान रोयल्सलाई १४ रनले हराएको छ । जयपुरस्थित राजस्थानको होम ग्राउण्डमा भएको खेलमा क्रिश गेलले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जावले जित निकालेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा चार विकेट गुमाउँदै १८४ रन बनाएको थियो । पञ्जावका लागि क्रिश गेलले विस्फोटक ब्याटिङ गरे । उनले ४७ बलमा चाठ चौका र चार छक्काको मद्धतमा ७९ रन बनाए । यस्तै सर्फराज खानले पनि अविजित ४६ रन बनाए । उनले २९ बलमा ६ चौका र एक छक्का हानेका थिए । मायांक अग्रवालले २२ रन बनाए । बलिङतर्फ राजस्थानका बेन स्टोक्सले दुई विकेट लिए ।
१८५ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा नौ विकेट गुमाउँदे १७० रनमा समेटियो । उसका लागि जोस बट्लरले १० चौका र दुई छक्का प्रहार गर्दै ४३ बलमा ६९ रनको योगदान दिए । अजिन्क्या रहाणेले २७ र सन्जु स्यामसनले ३० रन बनाए । स्टेभेन स्मिथले पनि २० रन जोडे । अन्य खेलाडीको प्रदर्शन राम्रो रहन सकेन ।
राजस्थानलाई हराउनका लागि स्याम कुरान र मुजिब उर रहमानले दुई दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।