चारमध्ये अन्तिम खेलमा नेपाली यू-१९ टाेलीले भारतकाे आन्ध्र प्रदेशलाई ९ रनले हरायाे

 चैत १२, २०७५ मंगलबार १७:४८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर: रमन शिवाकाेटी

आईसीसी यू–१९ विश्वकप छनोटको तयारीका लागि भारत भ्रमणमा रहेको नेपालले अन्तिम अभ्यास खेलमा जित हात पारेको छ ।

नेपालले आन्ध्र प्रदेशको यू–१९ टिमलाई ९ रनले हरायो । चारवटा अभ्यास खेल खेलेको नेपालले यो जितसँगै तीन खेल आफ्नो पक्षमा पारेको छ भने एक खेलमा पराजय भोगेको थियो । पहिला ब्याटिङ गर्दै नेपालले ५० ओभरमा नौ विकेट गुमाउँदै २२१ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले अविजित ४८ रनको योगदान दिए भने रासिद खानले ४१ रन जोडे । यस्तै पवन सर्राफले पनि ३२ रन बनाए ।

बलिङतर्फ कार्तिक रेड्डी, माधव र दुर्गा कुमारले दुई दुई विकेट लिए ।

२२१ रनको लक्ष्य पछ्याएको आन्ध्रलाई नेपालले ४९.४ ओभरमा २१२ रनमा अलआउट गर्‍यो । आन्ध्रले पहिलो विकेटका लागि ९२ रनको बलियो साझेदारी गरेको थियो । तर नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा पछिल्ला क्रमका ब्याट्सम्यानहरुले राम्रो खेल्न सकेनन् ।

भिम सार्की, कुशल मल्ल र पवन सर्राफले दुई दुई विकेट लिए । ब्याटिङतर्फ नितेश कुमारले ७४ रन बनाए भने हर्षवर्द्धनले ३६ रन जोडे । अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया