पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
मकवानपुर - हेटौंडामा जारी दोश्रो शहीद स्मृति मकवानपुर गोल्डकपमा आयोजक मकवानपुर ११ फाइनलमा प्रवेश गरेको छ ।
मकवानपुर ११ ले नेपाल पुलिसलाई १–० गोल अन्तरले हराउँदै फाइनल यात्रा सुरक्षित गरेको हो।
मकवापुरका तर्फबाट रेजिन सुब्बाले एक गोल गरेर म्यान अफ द म्याच घाेषित हुँदै १० हजार नगद प्राप्त गरे ।
चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा थ्री स्टारले विदेशी क्यामरुनकाे क्लब दाउफिन्सको सामना गर्दैछ ।
पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका यी दुई क्लबबीचकाे खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
प्रतियोगिताका विजेता तथा उपविजेताले नगद क्रमशः आठ लाख तथा चारलाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २०र२० हजार रुपैयाँको व्यवस्था गरिएको आयोजक समितिका अध्यक्ष टीकाराम लामाले जानकारी दिनुभयो ।
प्रतियोगितामा करिब ८५ लाख खर्च हुने प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।