सबै जिल्लाका एसईई प्रश्नपत्र रुजु गर्न निर्देशन

 चैत १५, २०७५ शुक्रबार १५:४:४८ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – केन्द्रीय सुरक्षा समितिको बैठकले सबै जिल्लाका माध्यमिक शिक्षा परीक्षा(एसईई) को प्रश्नपत्र रुजु गर्न निर्देशन दिएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा बसेको केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले साँझसम्म ७७ वटै जिल्लामा प्रश्नपत्र रुजु गर्न निर्देशन दिएको हो । बैठकले परिक्षा पद्धतिलाई फेल गराउनेगरी सांगठनिक अपराध भएको निष्कर्षसमेत निकालेको छ । 

एसईईकाे सामाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि

यो सामान्य घटना नभएकाले सुरक्षा निकायसँग पनि छलफल गरेको शिक्षा सचिव खगराज बरालले बताउनुभयो । प्रश्नपत्र बाहिरिनु सांगठनिक र लक्षित खालको अपराधजस्तो देखिएको भन्दै उहाँले सुरक्षा सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको छ । 

एसईई : शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र पनि ‘बाहिरियो’

उहाँले प्रश्नपत्र बाहिरिनु व्यवस्थापन मात्र नभएर सुरक्षाको पनि विषय भएको बताउनुभयो । प्रश्नपत्र रुजु गरेपछि साँझ ६ बजे उच्चस्तरीय सुरक्षा समन्वय समितिको बैठक बस्नेछ । 

एसईई : प्रश्नपत्र बाहिरिएपछि प्रदेश दुईकाे विज्ञान विषयकाे परीक्षा रद्द

परीक्षा सुरु हुनु अगावै प्रदेश २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र आउट भएपछि लगातार दोस्रो दिन प्रदेश २ मा एसईईको परिक्षा स्थगित भएको छ । 

एसईई परीक्षाको एक दिन अगाडि नै प्रश्नपत्र बाहिरियो

एकदिन अगाडि नै बुधबार विज्ञान विषयको प्रश्नपत्र आउट हुँदा बिहीबारको परीक्षा रद्द भएको थियो भने बिहीबार राति नै सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरिएपछि शुक्रबारको परीक्षा पनि रद्द भएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया