एसईई : शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र पनि ‘बाहिरियो’

 चैत १४, २०७५ बिहिबार २३:२८:२९ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – एसईई अन्तर्गत शुक्रबार हुने अनिवार्य समाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि आउट भएको छ ।

बिहीबार मात्र विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश दुईभरिकै परीक्षा रद्द गरिएको थियो ।

एसईई : प्रश्नपत्र बाहिरिएपछि प्रदेश दुईकाे विज्ञान विषयकाे परीक्षा रद्द

परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न गठन भएको छानबिन समितिले काम नथाल्दै पुनः प्रश्नपत्र बाहिरिएको छ । शुक्रबार हुने समाजिक विषयको प्रश्नपत्र पनि बजारमा देखिएको छ । समाजिक सञ्जालमार्फत प्रश्नपत्र उज्यालोले फेला पारेको छ । समाजिक विषयको समूह ए को प्रश्नपत्र बजारमा भेटिएको हो । तर यो प्रश्नपत्र आधिकारिक हो वा होइन भन्ने कुरा पुष्टि हुन बाँकी छ ।

एसईई परीक्षाको एक दिन अगाडि नै प्रश्नपत्र बाहिरियो

उज्यालो अनलाइनसँग कुरा गर्दै प्रदेश २ का शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माले भन्नुभयो, ‘प्रश्नपत्र आउट भएको छ भने त्यो प्रश्नपत्र आधिकारिक हो वा होइन भन्ने विषयमा भोलि मात्र भन्न सकिन्छ ।’

अन्तिम अपडेट: चैत ९, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया