आईपीएल २०१९ : आज दिल्ली भर्सेस काेलकाता र मुम्बई भर्सेस पञ्जाब

 चैत १६, २०७५ शनिबार १०:४१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटअन्तर्गत शनिबार २ वटा खेल हुने भएका छन् । पहिलो खेल नेपाली समय अनुसार अपरान्ह सवा ४ बजे र दोस्रो खेल राति सवा ८ बजे  सुरु हुने छ ।

सवा ४ बजे हुने खेलमा आईएस बिन्द्र स्टेडियममा किंग्स इलेभन पञ्जाब र मुम्बई इण्डियन्स भिड्ने छन् । गएकाे संस्करणमा पञ्जाबले मुम्बईलाई पराजित गर्न सकेको थिएन् ।

यस्तै राति सवा ८ बजे दिल्लीको फिरोज शाह कोटला स्टेडियममा घरेलु टोली दिल्ली क्यापिटल्स र कोलकाता नाईट राइडर्स भिड्ने छन् ।

शुक्रबार खेल्न लागेक चारै टिमले अहिलेसम्म दुई-दुई खेल खेलिसकेका छन् । जसमा कोलकाताले लगातार दुई खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहँदा पञ्जाब, मुम्बई र दिल्लीले एक-एक खेलमा मात्रै जित हात पारेका छन् ।

पञ्जाबलको बलियो पक्ष भनेको उसको ब्याटिङ हो । उसका क्रिस गेलले दुई खेलमा राम्रो सुरुवात दिलाएका छन् । मध्यक्रममा मयंक अग्रवाल, सरफराज खान र डेविड मिलर पनि फर्ममा रहेका छन् । तर ओपनर लोकेस राहुल भने चल्न सकेका छैनन् ।

मुम्बईले ब्याटिङ र बलिङ दुवैमा सुधार गर्नु पर्ने देखिएको छ । रोहित शर्मा र क्विन्टन डी ककले उत्कृष्ट सुरुवात गरे पनि ठूलो स्कोरमा रुपान्तरण गर्न सकेका छैनन् ।

मुम्बईका लागि मध्यक्रममा ब्याटिङ गर्ने युवराज सिंहबाहेक अरुको प्रदर्शन स्मरणयोग्य छैन् । किरोन पोलार्ड, सूर्यकुमार यादव, क्रुणाल पाण्ड्याले आशा गरेजस्तो प्रर्दशन गर्न सकेका छैनन् । बलरमा जसप्रीत बुमरा भन्दा अरुको प्रदर्शन सम्झ लायक देखिएको छैन् ।

शीर्ष स्थानमा रहेको कोलकाताको बलिया पक्ष भनेको ब्याटिङ नै हो । ब्याटिङ अर्डर राम्रो भए  पनि बलिङमा भने कोलकतालाई चिन्ता बनाएको छ । कोलकाताको टिममा सुनील नरायन,नीतीश राणा, रविन उथप्पा र आन्द्रे रसेल मात्र फर्ममा रहेका छन् । क्रिस लिन भने चल्न सकेका छैनन् । ब्याटिङका कारण कोलकाताले ठूलो स्कोर बनाउन सफल भएको छ । कोलकातालाई तीव्र गतिका बलरको अभाव खड्किएको छ । प्रसिद्ध कृष्ण र लकी फग्र्युसनलाई तीव्र गतिक बलरको रुपमा प्रयोग गरे पनि उनीहरुले प्रदर्शन गर्न सकेका छैनन् ।

पहिलो खेलमा मुम्बई  इण्डियन्सलाई पराजित गरेको दिल्लीको टिम गएकाे संस्करणको भन्दा सन्तुलित देखिएको छ । पृथ्वी श, कप्तान श्रेयर अय्यर, ऋषभ पन्त , शिखर धवन र कोलिन इनग्रामजस्ता अनुभवी  खेलाडीको टिम रहेको छ ।

दिल्लीको टिममा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सहभागी भए पनि पछिल्ला दुई खेलमा मैदान उत्रन पाएका छैनन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया