जर्मन बुण्डेस लिग : बोरुसिया डर्टमण्ड विजयी हुँदा बायर्न म्युनिख बराबरीमा रोकियो

 चैत १७, २०७५ आइतबार ६:५९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

जर्मन बुण्डेस लिगमा बोरुसिया डर्टमण्ड विजयी हुँदा बायर्न म्युनिख भने बराबरीमा रोकिएको छ । डर्टमण्डले उल्फ्सबर्गलाई २–० ले हराउँदा बायर्नलाई फ्रेइबर्गले १–१ गोलको बराबरीमा रोक्यो ।

यो नतिजाका कारण डर्टमण्ड शीर्ष स्थानमा फर्किएको छ । पाको अल्कासरले इन्ज्युरी समयमा दुई गोल गर्दा डर्टमण्डले तीन अंक खोसेको हो । निर्धारित ९० मिनेटसम्म दुबै टिमबाट गोल हुन सकेको थिएन । 

थपिएको इन्ज्युरी समयमा अल्कासरले गोल गर्दै डटर्मण्डलाई अग्रता दिलाए । इन्ज्युरी समयकै चौथो मिनटेमा अल्कासरले नै ब्यक्तिगत दोस्रो गोल गर्दा डर्टमण्ड विजयी भयो । 

जितसँगै डर्टमण्ड बुण्डेस लिगा तालिकको शीर्ष स्थानमा उक्लिएको छ । डर्टमण्डको ६३ अंक भएको छ । फ्रेइबर्गसँग बराबरीमा रोकिएपछि बायर्न दोस्रो स्थानमा झर्न पुग्यो । 

खेलको तेस्रो मिनेटमा लुकास होलरले गोल गर्दै फ्रेइबर्गलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा रोबर्ट लेवान्दोस्कीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । बाँकी समयमा गोल हुन नसक्दा बायर्न अंक बाँढ्न बाध्य भयो । तालिकामा बायर्नले ६१ अंक जोडेको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया