इण्डियन प्रिमियर लिग :  बेंग्लोर र राजस्थान पहिलो जितको खोजिमा

 चैत १७, २०७५ आइतबार ९:१४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा आइतबार २ वटा खेल हुने छन् । नेपाली समय अनुसार अपरान्ह सवा ४ बजे सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंग्लोर तथा राति सवा ८ बजे चेन्नई सुपर किंग्स र राजस्थान रोयल्यस आमने सामने हुने छन् । 

सबै टिमको आज तेस्रो खेल हो । चेन्नई लगातार तेस्रो जितको खोजिमा रहेको छ । हैदराबादले भने एकमा जित र एकमा हार व्यहोरेको छ । बेंग्लोर र राजस्थान लगातार दुई खेलमा पराजित भएकाले पहिलो जितको खोजिमा हुने छन् ।

बेंग्लोरको टिमलाई ब्याटिङमा सुधार गर्नुपर्ने आवश्यकता रहेको छ । उद्घाटन खेलमा चेन्नईसँग ७० रनमा समेटिएको बेंग्लोरले  दोस्रो खेलमा मुम्बईले दिएको १८७ रनको लक्ष्य पूरा गर्न असफल भएको थियो । 

यसैगरी  युजबेन्द्र चहलले पछिल्लो खेलमा ४ विकेट लिएकाले आजको खेलमा पनि उनी बलियो हतियार हुन सक्छन् ।

हैदराबादको घरेलु मैदानमा खेल हुन लागेकाले उसलाई ग्राउण्डले केही फेबर गर्न सक्ने आँकलन गरिन्छ । शुक्रबार हैदराबादले राजस्थान रोयल्सलाई यही मैदानमा ५ विकेटले पराजित गरेको थियो । पछिल्लो जितले पनि हैदराबादको मनोबल उच्च छ । पछिल्लो खेलमा डेभिड वार्नरले ३७ बलमा ६९, जोन बेस्ट्रोले २८ बलमा ४५ तथा बिजय शंकरले १५ बलमा ३५ रन बनाएका  थिए । आज पनि उनीहरुबाटै उत्कृष्ट रनको अपेक्षा गरिएको छ ।

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सको नजर भने शीर्ष स्थानमा उक्लने रहेको छ । लगातार दुई खेल जितेको चेन्नाई ४ अंक सहित तेस्रो स्थानमा रहे पनि एक खेल बढी खेलेका कोलकता नाइट राइडर्स र दिल्ली क्यापिटल क्रमश पहिलो र दोस्रो स्थानमा छन् ।

आजको खेलमा चेन्नई विजयी भए २ अंकको अग्रतासहित शीर्ष स्थानमा उक्लने छ । चेन्नईले लगातार खेल जिते पनि ब्याटिङ र बलिङमा सुधार गर्नु पर्ने देखिन्छ । बेंग्लोरविरुद्ध ७१ रनको लक्ष्य पछ्याउँदा ७ विकेटको जित निकाले पनि १७.४ ओभरसम्म कुर्नु परेको थियो ।

राजस्थान रोयल्य पहिलो जितको खोजिमा छ । पञ्जाबसँग १५ तथा हैदरबाबदसँग ५ विकेटले पराजित भएको राजस्थानलाई चेन्नईविरुद्ध जित निकाल्न संघर्ष गर्नुपर्ने देखिन्छ । राजस्थानले हैदराबादविरुद्ध १९८ रन बनाउँदा पनि बलरहरुको प्रदर्शनका कारण ५ विकेटले पराजित हुन पुगेको थियो ।

पञ्जाबविरुद्ध १८४ रनको लक्ष्य पछ्याउँदा १७० रन मात्रै बनाउन सकेको थियो । प्रतियोगितामा टिकि रहन ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने आवश्यकता राजस्थानलाई रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया