एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर १२, २०८१ बुधबार
नेपालमा पहिलो पटक आयोजना हुन लागेको टी–२० महिला क्रिकेट लिगका लागि खेलाडी अक्सनमा नाम चलेका खेलाडी नै महङ्गो रकममा बिक्री भएका छन् । कुल ८० खेलाडी समावेश भएकोमा अक्सनमा समावेश हुँदा १० जना खेलाडी अधिकतम रकममा बिक्री भए ।
अक्सनमा ए श्रेणीमा २१ जना, बी श्रेणीमा २५ जना र सी श्रेणीमा ३५ जना खेलाडी रहेका छन् । एक टिमले कूल ६ लाख ५० हजार रुपैयाँ अक्सनमा खर्च गर्न पाउने नियम थियो । जसमा महंगो रकममा अनुबन्ध हुनेमा राष्ट्रिय खेलाडी ज्योति पाण्डेलाई अधिकतम ७५ हजार रुपैयाँमा धनगढीले अनुबन्ध गर्यो ।
यस्तै सोनु खड्कालाई ७५ हजारमा भैरहवाले अनुबन्ध गर्यो । राष्ट्रिय क्रिकेटर इन्दु बर्मालाई भैरहवाले अधिकतम ७५ हजार रुपैयाँमा भित्र्यायो । सरिता मगरलाई काठमाडौंले ७५ हजार रुपैयाँमा भित्र्यायो । रोमा थापालाई ७५ हजार रुपैयाँमा काठमाण्डौले टिममा लिन सफल भयो ।
अक्सनमा काजल श्रेष्ठलाई विराटनगरले अधिकतम ७५ हजार रुपैयाँमा अनुबन्ध गर्यो । उनीमाथि तीन टिमले समान बोली लगाएका थिए । जसमा लक्की ड्र बाट विराटनगरले टिममा लिएकाे हाे । ए श्रेणीमा रहेकी कविता कुवँरलाई अधिकतम ७५ हजारमा धनगढीले अनुबन्ध गर्यो । अप्सरी बेगम ७५ हजारमा विराटनगरमा अनुबन्ध भइन् भने विन्दु रावल ७५ हजारमा भैरहवामा आबद्ध भइन् ।
यस्तै सुमन विष्टलाई ५० हजारमा काठमाण्डाैले खरिद गर्दा रितुकुमारी कनौजियालाई ६५ हजारमा विराटनगरले किन्यो । यस्तै रश्मी शर्मा चौलागाईं ५० हजारमा भैरहवामा र संगिता राई ४० हजारमा धनगढीमा गइन् ।
डोली भट्टलाई ४० हजारमा विराटनगरले खरिद गर्दा मञ्जुकुमारी बोगटी ५० हजारमा काठमाण्डाैमा अनुबन्ध भइन् । यस्तै रेखा रावल ५० हजारमा धनगढीमा अनुबन्ध हुँदा प्यारी चौधरी २५ हजारमा विराटनगरमा गइन् । यस्तै कृति सेन २५ हजारमा काठमाण्डाैमा र सरस्वती पुन विराटनगरमा अनुबन्ध भइन् ।
सबनम राईलाई धनगढीले ७० हजारमा भित्र्यायो । रेवती धामी पनि अक्सनमा ५० हजारमा काठमाडौंले खरिद गर्यो । नीतू भण्डारी ४३ हजारमा भैरहवाले खरिद गर्यो । बी श्रेणीबाट अक्सनमा नाम दर्ता गराएकी अञ्जली चन्दलाई अधिकतम ५० हजार रुपैयाँमा विराटनगरले खरिद गर्यो । यस्तै सुमन खतिवाडालाई अधिकतम ५० हजार रुपैयाँमा काठमाडौंले किन्यो ।
बी श्रेणीमा रहेकी एलीशा केसीलाई भैरहवाले ४७ हजारमा टिममा भित्र्यायो । सरस्वतीकुमारी चौधरीलाई भैरहवाले ४० हजारमा अनुबन्ध गर्यो । अनुराधा चौधरी ३५ हजारमा विराटनगरमा अनुबन्ध भइन भने अमिशा कर्माचार्यलाई ३५ हजारमा विराटनगरले खरिद गर्यो । कृतिका अरासिनीलाई विराटनगरले २५ हजार रुपैयाँमा अनुबन्ध गर्यो ।
मनिषा रानालाई धनगढीले अधिकतम २५ हजारमा धनगढी टिममा भित्र्यायो । यस्तै रुवी पोडारलाई धनगढीले अधिकतम २५ हजारमा खरिद गर्यो । ै इश्वरी विष्टलाई काठमाडौंले १५ हजारमा खरिद गर्यो । सञ्जु लामालाई विराटनगरले १५ हजार रुपैयाँमा अनुबन्ध गर्यो । सुष्मा श्रेष्ठलाई विराटनगरले १५ हजारमा अनुबन्ध गर्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।