आईपीएल: बेर्स्टाे र वार्नरकाे शतकमा हैदराबादकाे दाेस्राे जित, बेंग्लाेरले लगातार तेस्राे हार ब्यहाेर्‍याे

 चैत १७, २०७५ आइतबार १९:५९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादले दोस्रो जित हात पारेको छ ।

रोयल च्यालेञ्जर्स बैंग्लोरलाई ११८ रनको भारी अन्तरले हराउँदै हैदराबादले तालिकामा चार अंक जोडेको छ । बैंग्लोरको भने यो लगातार तेस्रो हार हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा दुई विकेट गुमाउँदै २३१ रन बनाएको थियो । हैदराबादका दुई खेलाडीले शतक प्रहार गरे । ओपनर जोनी बेइस्र्टो र डेविड वार्नरले शतकीय योगदान दिए ।

पहिलो विकेटका लागि यी दुई खेलाडीले १८५ रनको साझेदारी गरेका थिए । यो साझेदारी आईपीएलको सर्वाधिक ठूलो साझेदारी हो । यसअघि सर्वाधिक ठूलो पार्टनरसिपको कीर्तिमान १८४ रनको थियो । जुन गौतम गम्भीर र क्रिश लिनले सन् २०१७ मा गुजरात लायोनविरुद्ध बनाएका थिए ।

व्यक्तिगत रुपमा बेइस्र्टोले ११४ रनको योगदान दिए । उनले ५६ बलमा १२ चौका र ७ छक्का प्रहार गरेका थिए । यस्तै वार्नरले पनि ५५ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरेका थिए । २३२ रनको लक्ष्य पछ्याएको बैंग्लोर १९।३ ओभरमा ११२ रनमा समेटियो ।

बैंग्लोरका लागि सर्वाधिक रन कोलिन ग्राण्डहोमले बनाए । उनले ३७ रन बनाएका थिए । अन्य खेलाडीको प्रदर्शन खराब रह्यो ।ब्लिङतर्फ मोहम्मद नाबीले चार विकेट लिए भने सन्दिप शर्माले दुई विकेट लिए ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया