ओलम्पिक छनोट : म्यानमारसँग नेपाल ३-१ ले हार्‍यो

 चैत २०, २०७५ बुधबार १९:१४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

टोक्याे ओलम्पिकका लागि दोस्रो चरणको छनोट खेलमा नेपाल पराजित भएको छ । म्यानमारमा भएको खेलमा घरेलु टोलीसँग नेपाल ३–१ गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा एक-एक गोलको बराबरी गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल खान पुग्यो । २२ औं मिनेटमा म्यानमारले गोल गर्दै अग्रता बनाएको थियो । तर नेपालले पहिलो हाफको इन्जुरी समयमा गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियाे ।

त्यसअघि ३८औंं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले वान भर्सेस वानको अवस्थामा पनि गोल गर्न असफल भएकी थिइन् । ४३ औं मिनेटमा लगातार तीन पटक पोस्ट चार्ज हुँदा पनि गोल हुन सकेन । त्यतिबेला सावित्रा भण्डारी र निरु थापाले प्रहार गरेको बल गोल नभएको हो । निरुले प्रहार गरेको बल बारमा लागेर फर्कियो भने सावित्राको प्रहार किपरले विफल बनाइन् । इन्जुरी समयमा नेपालकी कप्तान निरुले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएकी हुन् ।

पहिलो हाफ एक-एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमा नै म्यानमारले फेरि अग्रता बनाएको थियो । नेपालले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई म्यानमारले  ५० औं मिनेटमा २-१ काे अग्रता बनाएकाे हाे ।  त्यसपछि इन्जुरी समयमा एक गाेल थपेपछि म्यानमारले नतिजा ३–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया