विशेष महाधिवेशन सामना गर्न तयार छु : सभापति देउवा

 चैत २१, २०७५ बिहिबार १२:३३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुले माग गरेको विशेष महाधिवेशन सामना गर्न आफू तयार रहेको बताउनुभएको छ । उहाँले पार्टीको विशेष महाधिवेशन आव्हान नगर्ने तर उनीहरुले बोलाए सामना गर्न तयार रहेको बताउनुभएको हो । 

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भन्नुभयो, विशेष महाधिवेशन फेस गर्न तयार छु, पार्टीले बोलाउँदैन, जिल्ला सभापतिहरुले बोलाउँछन् भने बोलाउन्, फेस गर्न तयार छौँ ।’  तर उहाँले पार्टीले भने विशेष महाधिवेशन नबोलाउने दाबी गर्नुभएको छ । पार्टी एक जुट गराएर अगाडि बढ्ने क्रममा रहेकोले भन्दै सभापति देउवाले केही जिल्ला सभापतिहरुको चलखेलले कुनै फरक नपर्ने धारणा राख्नुभयो । 

सभापति देउवाले संवैधानिक क्षेत्रको व्यक्ति नियुक्ति जस्तो निर्णय गर्दा सरकारले कांग्रेससँग सहकार्य नै नगरेको आरोप लगाउनुभयो । उहाँले सरकारले एकलौटी निर्णय गरेकोले प्रतिपक्षी दलको हैसियतले पनि सरकारले गरेका गलत निर्णयका विरुद्ध आन्दोलन गर्ने तयारीमा रहेको बताउनुभयो ।

कांग्रेस सभापति देउवाले न्याय परिषद्को नियुक्तिमा मौन समर्थन गर्नभएको छ । न्याय परिषद्ले गरेको सिफारिस र निर्णयलाई म सही या गलत भन्ने पक्षमा छैन, उहाँले भन्नुभयो । ‘न्याय परिषदले गर्ने निर्णय राजनीतिभन्दा बाहिर हुनु पर्छ’, उहाँले भन्नुभयो, ‘तर परिषद्ले गरेको निर्णय या गलत भनेर टिप्पणी गर्न जरुरी छैन ।’ देउवाले न्याय परिषद्लाई राजनीति हस्तक्षेपबाट मुक्त राख्न पनि जोड दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया