एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर १२, २०८१ बुधबार
बाँके - ८ औ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत विहीबार भएको पहिलो खेलमा नेपाल प्रहरीले गण्डकी प्रदेशलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
मङ्गलप्रसाद माविको खेल मैदानमा बिहान सम्पन्न भएको खेलमा नेपाल प्रहरीका रोमण राणा एक्लैले ५ गोल गरेका हुन् । १० औं मिनेटमा पहिलो गोल गरेका राणाले त्यसपछि लगातार १२ औं, ३८ औं, ४५ औं र ५५ औं मिनेटमा गोल गरेर टिमलाई सजिलै जिताए ।
गण्डकी प्रदेशका ६ जना खेलाडी यस प्रतियोगितामा नेपाल प्रहरीबाट खेल्ने भएपछि टिम कमजोर भएको गण्डकी प्रदेशका प्रशिक्षक राजेन्द्र पाठकले बताए । पहिलो खेलमा गण्डकीले गएको बुधबार नेपाली सेनासँग गोलरहित बराबरी खेलेको थियो ।
दोस्रो खेलमा नेपाली सेनाले प्रदेश नम्बर २ लाई पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा आर्मीले प्रदेश २ लाई ० का विरुद्ध १ गोलको अन्तरले पराजित गरेको हो । आर्मीका राम शाहले ५६ औं मिनेटमा गोल गरेका थिए । आर्मीले गएको बुधबार गण्डकीसँग गोलरहित बराबरी खेलेको थियो ।
तेस्रो खेल दिउँसो ४ बजे कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्माले जानकारी दिए। नेपालगन्ज कभर्डहलमा विहीबारदेखि फेन्सिङ खेल सुरु भएको छ । ८ औ खेलकुदको उद्घाटन वैशाख ५ गते हुने भए पनि केही खेल चैत २७ देखि सुरु भएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।