भौतिक रूपमा उपस्थित नभई कम्पनी दर्तादेखि खारेजसम्मका काम गर्न ...
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – नेपाल पत्रकार महासङ्घले पत्रकारलाई विद्युतीय कारोवार ऐन अन्तगर्त पक्राउ गर्ने क्रम रोक्न माग गर्दै बिहीबार देशैभरी प्रदर्शन गरेको छ ।
विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को प्रयोग गरेर पत्रकारलाई समाचार लेखेकै कारण पटक–पटक पक्राउ गर्ने क्रम बढेपछि बिहीबार सबै जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिइएको पत्रकार महासंघले जनाएको छ ।
निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा नगर्न आग्रह गर्दै जिल्ला शाखाहरुको अगुवाईमा बिहान साढे ९ देखि साढे १० बजेसम्म प्रदर्शन गरिएको महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।
महासङ्घले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेज गर्न तथा समाचार लेखेकै कारण पोखरामा पक्राउ परेका पत्रकार अर्जुन गिरीको रिहाइको माग पनि गरेको छ ।
यसबारेमा महासङ्घ केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बझाउने र विरोधका थप कार्यक्रम सञ्चालन गर्ने पनि महासचिव विष्टले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।