'ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन' आयोजना हुने
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – अब भौतिक रूपमा उपस्थित नभई कम्पनी दर्तादेखि खारेजसम्मका काम गर्न मिल्ने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले अनलाइन माध्यमबाट कम्पनी दर्ता तथा खारेज गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ ।
कम्पनी संस्थापना, सञ्चालन तथा प्रशासनसम्बन्धी कामलाई सहज, सरल र थप पारदर्शी बनाउन कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली (CAMIs\ htps://camis.ocr.gov.np) का सबै मोडयूलहरूलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याइएको कार्यालयको भनाइ छ ।
यस प्रणालीको प्रयोग गरी भौतिक रूपमा कार्यालयमा उपस्थित नभइकन कम्पनी दर्तादेखि खारेजीसम्मका सबै प्रक्रियाहरू सम्पन्न गर्न सकिने कार्यालयले जनाएको छ ।
यस प्रणालीबाट कार्यालयमा आवेदन दिन सकिने, प्राप्त आवेदनहरू प्रणालीबाटै स्वचालित रूपमा सम्बन्धित कर्मचारीको डेस्कमा तोकिने, नाम स्वीकृति र कम्पनी दर्ताका निवेदनहरू एक तहबाट नै टुङ्गो लगाइने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।
सम्बन्धित शेयरधनी, सञ्चालक वा निवेदक पक्षको सनाखतलगायत भौतिक उपस्थितिबाट जाँच गर्न आवश्यक पर्ने प्रकृतिका आवेदनहरूबाहेक अरू सबै आवेदनहरू अनलाइन प्रणालीबाटै टुङ्गो लगाई त्यससम्बन्धी पत्र, विवरणलगायत कागजातहरू डिजिटल हस्ताक्षर गरी सम्बन्धित कम्पनीको अनलाइन अकाउन्टमा स्वचालित रूपमा पठाई कम्पनी प्रशासनको कार्यलाई थप सहज र सरल बनाउने कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आवेदन पेश भएपछि कम्पनी रजिष्ट्रार कार्यालयमा तोकिएको कर्मचारी र त्यसपछि त्यस विषयमा अनलाइन प्रणालीबाटै सम्बन्धित कम्पनीलाई सूचना दिइने तथा साविकमा सञ्चालनमा रहेको प्रणालीका सम्पूर्ण निवेदन तथा कागजातहरू सम्बन्धित कम्पनीले प्रणालीमा नै हेर्न सक्ने व्यवस्थासमेत मिलाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।