डबली द स्पेसको शाखा शिल्पी थियटरमा

 बैशाख ५, २०७६ बिहिबार १३:४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चितवनको भरतपुरमा खुलेको 'डबली द स्पेस’को शाखा काठमाण्डौमा पनि खुलेको छ । बहस र पठन संस्कृतिको विकास गर्ने लक्षकासाथ खुलेको डबलीको शाखा बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा उद्घाटन गरिएको हो ।

कफी, किताब र बहसमा जोड दिँदै भरतपुर र काठमाण्डौका डबलीमा नियमित छलफल आयोजना गर्ने तयारी पनि भइरहेको डबलीका प्रोप्राइटर शारदा क्षेत्रीले जानकारी दिनुभयो ।

भरतपुर र काठमाण्डौमा १५/१५ दिनमा कम्तीमा एउटा बहस सञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

शिल्पीमा डबलीको शाखा उद्घाटनका अवसरमा शिक्षक मासिकले प्रकाशन गरेको वनस्पतिविद तीर्थबहादुर श्रेष्ठले लेखेको पुस्तक ‘भूस्वरुप र हावापानी’ लोकार्पण पनि गरिएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया